
जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकाको एक मतदान स्थलमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ। शुक्रवार जारी स्थानीय तहको निर्वाचन अन्तर्गत मतदानको क्रममा धनुषाको शहीदनगर नगरपालिका-१ स्थित कुम्भकरण मतदान स्थलमा विवाद भएको हो।
एक जना दृष्टिविहीन वृद्धालाई मतदानमा सहयोग गर्न प्रतिनिधि जाँदा दलहरुबिच विवाद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। विवादपछि भिडलाई तितरबितर गर्नका लागि त्यहाँ खटेका सुरक्षाकर्मीले एक राउण्ड हवाई फायर गरेको उनले बताए।