PahiloPost

Sep 8, 2024 | २३ भदौ २०८१

मतदान केन्द्रमा गठबन्धनको स्वस्तिक छाप लगाएको 'चिट', एमालेको चर्को विरोध



पहिलोपोस्ट

मतदान केन्द्रमा गठबन्धनको स्वस्तिक छाप लगाएको 'चिट', एमालेको चर्को विरोध
तस्बिर : अनिता घिमिरे

पोखरा : पोखरामा सत्तारुढ गठबन्धनले मतदातालाई आफ्नो चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको ‘चिट’ बाँडेपछि एमाले कार्यकर्ताले विरोध जनाएका छन्। पोखरा महानगर वडा १६ को मतदान केन्द्रमा गठबन्धनका कार्यकर्ताले मतदातालाई स्वस्तिक छाप लगाएको ‘चिट’ बाँडेको फेला परेको भन्दै एमालेका कार्यकर्ताले विरोध गरेका हुन् ।

'लाइनमा बसेका मतदातालाई चिट दिएर यो हेरेर हामीलाई भोट दिनुस नत्र झुकिन्छ भन्नु भएको छ। यसरी चिट चोराउने काम भएको छ। हामीले बिहानदेखि अहिलेसम्म विभिन्न बुथमा लगभग दुईसय वटा समातेका छौँ र अहिले बाँड्ने एकजना भाइलाई नै समात्यौं,' एक एमाले कार्यकर्ताले भने। उनले स्वस्थ प्रतिस्पर्धा आउन पनि अनुरोध गरेका छन्।

अन्नपूर्ण मावि,विन्दवासिनी मावि, चण्डिका मावि मतदान केन्द्रमा बसेका मतदातालाई गठबन्धनले चिट बाँडेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell