PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

१२ बजेसम्म ३५ प्रतिशत खस्यो मत, केही ठाउँमा झडप हुँदा रोकिएको मतदान खुलाउने प्रयास



पहिलोपोस्ट

१२ बजेसम्म ३५ प्रतिशत खस्यो मत, केही ठाउँमा झडप हुँदा रोकिएको मतदान खुलाउने प्रयास

काठमाडौं : स्थानीय तह निर्वाचनमा हालसम्म ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। केही ठाउँहरुमा झडप र विवादले मतदान केही बेर रोकिएको भए पनि अधिकांश ठाउँमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले केही ठाउँहरुमा निर्वाचन रोकिएर फेरि सुरु भएको जानकारी दिए। निर्वाचन अधिकृत र जिल्ला प्रशासन कार्यालयको रोहवरमा निर्वाचन सुरु भएको छ। दोलखा, सर्लाही, सप्तरी,रामेछाप,पर्वत, हुम्ला र बाजुरामा लगायतका ठाउँमा केही बेर निर्वाचन रोकिएको थियो। १० हजार ७ सय ५६ मतदान केन्द्रमा मतदानको काम भइरहेको निर्वाचन आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell