काठमाडौं : स्थानीय तह निर्वाचनमा हालसम्म ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। केही ठाउँहरुमा झडप र विवादले मतदान केही बेर रोकिएको भए पनि अधिकांश ठाउँमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले केही ठाउँहरुमा निर्वाचन रोकिएर फेरि सुरु भएको जानकारी दिए। निर्वाचन अधिकृत र जिल्ला प्रशासन कार्यालयको रोहवरमा निर्वाचन सुरु भएको छ। दोलखा, सर्लाही, सप्तरी,रामेछाप,पर्वत, हुम्ला र बाजुरामा लगायतका ठाउँमा केही बेर निर्वाचन रोकिएको थियो। १० हजार ७ सय ५६ मतदान केन्द्रमा मतदानको काम भइरहेको निर्वाचन आयोगले जनाएको छ।