PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

बैतडीमा मतदानस्थलमै मतदातामाथि आक्रमण, चार जना पक्राउ



पहिलोपोस्ट

बैतडीमा मतदानस्थलमै मतदातामाथि आक्रमण, चार जना पक्राउ

कैलाली : बैतडीमा एक मतदानस्थलमै मतदातामाथि आक्रमण गरिएको छ। बैतडीको सुर्नया गाउँपालिका-२ स्थित वासुदेव माध्यामिक विद्यालय लिस्किटा केन्द्रमा सोही ठाउँका मोहनराम विकमाथि कुटपिट भएको हो।

नेकपा (एमाले) तथा राप्रपाका कार्यकर्ता मिलेर मोहनमाथि मतदान स्थलमै कुटपिट गरिएको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य प्रकाश लुहारले बताए।

मोहनलाई उपचारका जिल्ला अस्पताल लगिएको छ। कुटपिटमा संलग्न विक्रम बिष्ट, हरजित बिष्ट, दिनेश बिष्ट र संग्राम बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell