PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

स्याङ्जामा जीप दुर्घटना हुँदा १४ जना मृतकको सनाखत, मर्ने धेरै कुँवर परिवारका



पहिलोपोस्ट

स्याङ्जामा जीप दुर्घटना हुँदा १४ जना मृतकको सनाखत, मर्ने धेरै कुँवर परिवारका

काठमाडौं : स्याङ्जामा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। 

आज बिहान करिब १० बजेर २० मिनेटमा स्याङजा वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबासस्थित भित्री सडकखण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट खस्दा दुर्घटना भएको थियो।

जीपमा सवार मध्ये १३ जनाको मृत्यु भएको, १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

मृत्यु हुनेहरुमा स्याङजा वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबास बस्ने ६३ वर्षीय माया पुन, ९ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीय डेमकुमारी कुँवर, ८६ वर्षीय हरिकला कुँवर, ५० वर्षीय टेककला कुँवर, २५ वर्षीय जमुना कुँवर, ७० वर्षीय भीमकला कुँवर, ७० वर्षीय मुवा कुमारी कुँवर, ४३ वर्षीय पोटकुमारी कुँवर,४३ वर्षीय जानुका कुँवर,  ४२ वर्षीय ज्ञान दली कुँवर, ५० वर्षीय मीना कुँवर र फुलदेवी कुँवर रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell