PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

तनहुँमा ११३ वर्षीया वृद्धाद्वारा मतदान



पहिलोपोस्ट

तनहुँमा ११३ वर्षीया वृद्धाद्वारा मतदान

तनहुँः तनहुँको भानु नगरपालिका ५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि मतदान गरेकी छिन्। 

पोख्रेलले सोही वडाको शेपाबगैँचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन्। विसं १९६६ भदौ ६ गते जन्मिएकी पोख्रेलले आफन्तको सहयोगमा मतदान गरेकी हुन्। 

मतदानपछि पोख्रेलले आगामी चुनावमा पनि मतदान गर्ने इच्छा रहेको बताइन्। मतदानका लागि आफैँले परिवारका सदस्यलाई आग्रह गर्दै पोख्रेल लौरो टेक्दै मतदान केन्द्रसम्म पुगेकी थिइन्। 

यसैबीच जिल्लामा शान्तिपूर्णरुपमा मतदान प्रक्रिया चलिरहेको जनाइएको छ। मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई मतदानमा प्राथमिकता दिइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell