PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भक्तपुरको इट्टा भट्टामा भेटिएको चुनावले नछोएको रोल्पा

भक्तपुरको इट्टा भट्टामा भेटिएको चुनावले नछोएको रोल्पा

रविन खाकी/पहिलोपोस्ट


काठमाडौं : परिवर्तनका लागि रोल्पाले योगदान पुर्‍यायो। विगतको जनयुद्ध 'लाल किल्ला' रोल्पा। यही किल्लाका केही रोल्पाली चुनावको दिन भक्तपुरका इट्टा भट्टामा भेटिए। 

आम मतदाता बिहानैदेखि  मतदानको लाममा बसिरहँदा यी रोल्पाली इट्टा बोक्दै 'भौचर सिट'मा छाप लगाउने लाममा बसिरहेका थिए। 

'भोट हालेर के पाइन्छ? यता इटा बोके पैसा पाइन्छ,' रोल्पाका रामबहादुर बुढा भन्दै थिए, 'यहाँदेखि पैसा  खर्च गरेर भोट हाल्यो। नेतालाई ठूलो बनायो हामीले के पाउँछौँ?'

उनी मात्रै होइन इटा भट्टामा उनी जस्ता चुनावले नछोएका मजदुर इटा लोड गर्नमै व्यस्त थिए। कति कलकलाउँदो जोशदेखि चाउरिएका निधारमाथि टाउकोमा इटा बोकिरहेका थिए। 

यहाँ रोल्पाली मात्र होइन कति मधेश प्रदेशका अनुहार थिए। जसलाई चुनावले के दिन्छ भन्ने प्रश्नको जवाफ थिएन।



ट्रेन्डिङ पोस्ट

Ncell