PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

१०३ वर्ष पुगे सत्यमोहन जोशी, अस्वस्थताका कारण गरेनन् मतदान



पहिलोपोस्ट

१०३ वर्ष पुगे सत्यमोहन जोशी, अस्वस्थताका कारण गरेनन् मतदान

काठमाडौं : संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज १०३औँ जन्मदिन मनाएका छन्। ललितपुरस्थित निवासमा पारिवारिक रुपमा उनको जन्मदिन मनाइयो।

स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिए।

केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई समय समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको उनले जानकारी दिए।

जोशी अहिले अरुको सहारामा पनि मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएको हेमन्तले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell