PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

२ बजेसम्म खस्यो ४१ प्रतिशत मत, कपिलबस्तु र दाङका केही स्थान बाहेक सबैतिर मतदान जारी



पहिलोपोस्ट

२ बजेसम्म खस्यो ४१ प्रतिशत मत, कपिलबस्तु र दाङका केही स्थान बाहेक सबैतिर मतदान जारी

काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकमा मतदान भइरहेको छ।

केही ठाउँमा झडपपछि निर्वाचन पुन: सुरु भएको छ। २ बजेसम्म ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। आयोगले उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ। 

बिहान ७ बजेदेखि सुरु भएको मतदान अन्तर्गत विभिन्न ठाउँमा दलका नेता/कार्यकर्ता बिच झडप भएको हो। काठमाडौं उपत्यकामा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले जनाएको छ। ७ सय ५३ स्थानीय तहमा आज मतदान सुरु भएको हो। आजै मतगणनाको तयारी भइरहेको आयोगले जनाएको छ। आयोगले कडा सुरक्षा निगरानीमा मत गणना हुने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell