PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

उत्तर कोरियामा कोरोनाका कारण पहिलो मृत्यु, बिहीवार भएको थियो संक्रमण पुष्टि



पहिलोपोस्ट

उत्तर कोरियामा कोरोनाका कारण पहिलो मृत्यु, बिहीवार भएको थियो संक्रमण पुष्टि
Photo : AP

काठमाडौं : उत्तर कोरियामा एकजनामा कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। उत्तर कोरियाले आफ्नो पहिलो कोभिड–१९ को मृत्युको पुष्टि गर्दै ज्वरो ‘विस्फोटक रूपमा’ राष्ट्रव्यापी रूपमा फैलिरहेको र हजारौं मानिसहरू बिरामी भएपछि अलग्गै अलग्गै राखि उपचार भइरहेको बताएको छ।

कोरोनाका एक संक्रमित भेटिएको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले  बिहीबार जानकारी दिएको थियो। सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि पहिलो पटक एक जनामा संक्रमण पाइएको जानकरी दिएको थियो।

राजधानी प्योङयाङका केही बिरामीमा गरिएको परीक्षणबाट एक जनामा यो संक्रमण पाइएका थिए। यहाँ पाइएको संक्रमण कोभिड-१९ को ओमोक्रोन भर्सन भएको पनि बताइएको छ।

कोरोना संक्रमण पाइएपछि उत्तर कोरियाली सरकारले लकडाउन घोषणा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell