PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

निर्वाचन आयोगले बाबुराम भट्टराईलाई सोध्यो : किन १५ हजार जरिवाना नगर्ने?



पहिलोपोस्ट

निर्वाचन आयोगले बाबुराम भट्टराईलाई सोध्यो : किन १५ हजार जरिवाना नगर्ने?

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

निर्वाचन आयोग स्रोतका अनुसार भट्टराईलाई आजै स्पष्टीकरणको पत्र पठाइसकिएको छ। गोरखामा मतदानका क्रममा भट्टराईले आफूले मतदान गर्दा गोप्यता कायम नगरेको भन्दै स्पष्टीरण सोधिएको हो।

'उहालाई किन गोप्यता कायम नगरेको भनेर सोधिएको छ। उहाँलाई किन १५ हजार जरिवान नगर्ने भन्ने प्रश्न सोधिएको छ,' आयोग स्रोतले भन्यो। 
भट्टराईले भने निर्वाचनको मतदान गोप्य हुनुपर्ने सिद्धान्त नभएको तर्क गरेका थिए। तर, आयोगले निर्वाचन कसुर तथा सजाए ऐन २०७३ लाई उल्लेख गर्दै भट्टराईलाई स्पष्टीकरण सोधेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell