PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

देशभर मतदानमा सर्वसाधारणको उत्साहजनक सहभागिता

देशभर मतदानमा सर्वसाधारणको उत्साहजनक सहभागिता

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत सबैजसो स्थानमा मतदान जारी छ। कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मा भने मतदान रोकिएको छ।

अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थित क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्न एक क्रियापुत्री पनि सहभागी भएका छन्।

केही ठाउँमा झडपपछि निर्वाचन पुन: सुरु भएको छ। २ बजेसम्म ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। आयोगले उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ। 

बिहान ७ बजेदेखि सुरु भएको मतदान अन्तर्गत विभिन्न ठाउँमा दलका नेता/कार्यकर्ता बिच झडप भएको हो। काठमाडौं उपत्यकामा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले जनाएको छ। ७ सय ५३ स्थानीय तहमा आज मतदान सुरु भएको हो।

आजै मतगणनाको तयारी भइरहेको आयोगले जनाएको छ। आयोगले कडा सुरक्षा निगरानीमा मत गणना हुने बताएको छ।

फोटोहरु : रासस



ट्रेन्डिङ पोस्ट

Ncell