PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

करिब ५० प्रतिशत मत खस्यो, केही ठाउँमा मतदान रोकिने र पुन: सुरु हुने क्रम जारी



पहिलोपोस्ट

करिब ५० प्रतिशत मत खस्यो, केही ठाउँमा मतदान रोकिने र पुन: सुरु हुने क्रम जारी

काठमाडौं : स्थानीय तह निर्वाचनको मतदानमा झण्डै ५० प्रतिशत मत खसेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिउँसो ३ बजे सम्म झण्डै ५० प्रतिशत मत खसेको जानकरी दिएका हुन्।

'करिब ५० प्रतिशत मत खसेको छ,'उनले भने।

कपिलवस्तुको महाराजगन्ज र दाङको तुल्सिपुर बाहेकमा निर्वाचन भइरहेको छ। केही ठाउँमा झडपका कारण रोकिने र पुन: मतदान संचालन हुने क्रम भइरहेको छ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले ६५ देखि ७२ प्रतिशत सम्म मतदान हुने सम्भावना रहेको बताए। 'हाम्रो अनुमान भनेको ६५ देखि ७२ प्रतिशत मतदान हुन्छ भन्ने हो। त्यो भन्दा धेरै पनि हुन सक्छ,'उनले भने।

बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजे सम्मका लागि तोकिएको छ। बझाङ,बारा,रौतहट, बारा, दोलखा, काभ्रे, अछाम लगायतका ठाउँमा झडप भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell