PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

संसद भवन अगाडि सडकमा सिलिन्डर बिस्फोट गराउनेलाई खोज्दै प्रहरी



पहिलोपोस्ट

संसद भवन अगाडि सडकमा सिलिन्डर बिस्फोट गराउनेलाई खोज्दै प्रहरी
फाइल फोटो

काठमाडौंः नयाँ बानेश्वरको संसद भवन अगाडि सिलिन्डर विस्फोट भएको छ। संसद भवनको एक नम्बर गेट अगाडी बिहान ३ बजेतिर सिलिन्डर विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।

आज देशभरका स्थानीय तहहरुमा निर्वाचन भइरहेको छ। निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाएको सरकारले दाबी गरिहरहँदा सम्वेदनशील क्षेत्र मानिने संसद भवन अगाडि विस्फोट भएको हो।

'सडकमा सिलिन्डर विस्फोट भएको छ। कसले गरेको भन्दै खोजी गरिरहेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने।

घटनास्थलबाट प्रहरीले एक पार्टीको पर्चा समेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell