PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

जनकपुरधाममा अरुको नाममा मतदान गर्न खोज्ने एक जना पक्राउ



पहिलोपोस्ट

जनकपुरधाममा अरुको नाममा मतदान गर्न खोज्ने एक जना पक्राउ

काठमाडौं : अरुको नाममा मतदान गर्न खोजेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जनकपुरधाम उपमहानगरपालिका-१४ मुजेलिया सडक डिभिजन कार्यालयभित्र रहेको ग्रामिण प्रशिक्षण केन्द्र मतदान स्थलबाट अरुको नाममा मतदान गर्न खोज्ने एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell