PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

वर्षा र झडपका कारण केही जिल्लामा मतदान प्रभावित, भक्तपुर र मनाङमा कति प्रतिशत मत खस्यो ?



पहिलोपोस्ट

वर्षा र झडपका कारण केही जिल्लामा मतदान प्रभावित, भक्तपुर र मनाङमा कति प्रतिशत मत खस्यो ?

काठमाडौं : स्थानीय तह निर्वाचनको मतदान सकिन अब मात्र एक घण्टा बांकी छ। यद्यपि, साँझ ५ बजेसम्म लाइनमा बस्नेलाई मतदान गर्न दिने निर्वाचन आयोगले जनाएको छ।

वर्षाका कारण देशभरका केही स्थानीय तहको मतदानमा असर  पारेको छ। केही स्थानमा भने झडप हुँदा मतदान प्रभावित भएको छ।

उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका कारण मतदानस्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताएका छन्। त्यहाँ हालसम्म ६० प्रतिशत मतदान भएको उनले जानकारी दिए।

यस्तै, बर्दियामा ४७ प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले जानकारी दिए। बारा जिल्लाको १६ वटा पालिकामा आज भएको स्थानीय तहको निर्वाचनमा हालसम्म ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिए।

यता, भक्तपुरमा करिब ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिएका छन्। मनाङका जिल्लाका चार गाउँपालिका र २८ वडामा नयाँ जनप्रतिनिधि चयनका लागि भइरहेको मतदानमा ६० प्रतिशतभन्दा बढी मत खसेको जनाइएको छ।

आयोगका अनुसार देशभर ५० प्रतिशत भन्दा बढी मत खसेको जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell