PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यूएईका राष्ट्रपति सेख खलिफा बिन जायेद अल नह्यानको निधन



पहिलोपोस्ट

यूएईका राष्ट्रपति सेख खलिफा बिन जायेद अल नह्यानको निधन
Photo: khaleejtimes.com

संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति तथा अबु धाबीका शासक सेख खलिफा बिन जायेद अल नह्यानको निधन भएको छ। 

सेख खलिफाको शुक्रवार ७४ वर्षको उमेरमा निधन भएको राष्ट्रपति मामिला मन्त्रालयलाई उदृत गर्दै खलीज टाइम्सले उल्लेख गरेको छ। मृत्युको कारणबारे भने खुलाइएको छैन।

सेख खलिफा बिन जायेद अल नह्यानले २००४ नोभेम्बर ३ देखि यूएईको राष्ट्रपति तथा अबु धाबीको शासकको जिम्मेवारी सम्हालेका थिए। पिता शेख जायेद बिन सुल्तान अल नह्यानको निधनपछि उनी निर्वाचित भएका थिए।

शेख जायेद पहिलो राष्ट्रपतिको रुपमा १९७१ देखि मृत्युपर्यन्त पदमा थिए। उनको २००४ नोभेम्बर २ मा मृत्यु भएको थियो।

१९४८ मा जन्मेका शेख खलिफा यूएईका दोस्रो राष्ट्रपति तथा अबु धाबीका १६औँ शासक हुन्। उनी शेख जायेदका जेठा छोरा थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell