PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

सकियो मतदान गर्ने समयसीमा, मतदान केन्द्र प्रवेश गरेकाले मतदान गर्न पाउने



पहिलोपोस्ट

सकियो मतदान गर्ने समयसीमा, मतदान केन्द्र प्रवेश गरेकाले मतदान गर्न पाउने

काठमाडौं : स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुन्न मतदानका लागि निर्वाचन आयोगले तय गरेको समय सीमा सकिएको छ। आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको थियो।

यद्यपि, ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरिसकेका सबै मतदाताले मतदान गर्न दिने निर्वाचन आयोगले जनाएको छ। आयोगले बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक प्राप्त भएको जनाएको छ ।

वर्षातका कारण देशका विभिन्न पालिकामा मतदान प्रभावित भएका छन्। यस्तै, केही स्थानमा झडपका कारण पनि मतदान कार्य रोकिएको थियो। विभिन्न कार्यले मतदान रोकिएको स्थानमा मतदान जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell