PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

मतपेटिका लुटिएपछि रौतहटको यमुनामाई गाउँपालिकाका दुई केन्द्रको मतदान स्थगित



पहिलोपोस्ट

मतपेटिका लुटिएपछि रौतहटको यमुनामाई गाउँपालिकाका दुई केन्द्रको मतदान स्थगित

वीरगंज : रौतहटको यमुनामाई गाउँपालिकामा स्थानीयले मतपेटिका नै लुटपाट गरेका छन्। यमुनामाई गाउँपालिका वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदानस्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो।

यमुनामाई गाउँपालिकामा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो। मतदान स्थलमा हुलदंगा भएको, आक्रोशित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान गरेको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड समेत गरेका छन्।

त्यसैगरी, केहीले मतपेटिका समेत लिएर भागेका कारण दुवै स्थालमा मतदान रद्द गरिएको मतदान अधिकृत हरिप्रसाद शर्माले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell