PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

निर्वाचन आयोगको प्रारम्भिक अनुमानः ६४ प्रतिशत मत खस्यो, ४१ स्थानमा चुनाव स्थगित



पहिलोपोस्ट

निर्वाचन आयोगको प्रारम्भिक अनुमानः ६४ प्रतिशत मत खस्यो, ४१ स्थानमा चुनाव स्थगित

काठमाडौँः निर्वाचन आयोगले ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ। प्रारम्भिक रुपमा प्राप्त तथ्याङ्क अनुसार आयोगले अनुमानित विवरण सार्वजनिक गरेको हो।

सबै ठाउँबाट रिपोर्ट आइनसकेकाले संख्या अझ बढ्न सक्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। 

थपलियाका अनुसार ६४ प्रतिशतभन्दा बढी मत खसेको छ। 

यस्तै ४१ ठाउँमा मतदान स्थगित भएको छ। झडपका कारण विभिन्न ठाउँमा मतदान स्थगित भएको हो। यी ठाउँहरुमा निर्वाचन आयोगले अर्को मितिमा चुनाव गर्ने छ। केही ठाउँमा दिउँसो रोकिएकाले अहिले पनि मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

मतदान सकिएका स्थानीय तहको मतपेटिका संकलन गरेर गणनाको तयारी भइरहेको आयोगले जनाएको छ। आजै २० प्रतिशत ठाउँमा गणना गर्ने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell