PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

वीरगंज महानगरको मतगणना भोलि बिहानदेखि गर्ने तयारी



पहिलोपोस्ट

वीरगंज महानगरको मतगणना भोलि बिहानदेखि गर्ने तयारी

वीरगंज : वीरगंज महानगरपालिकाको मतगणना शनिवार बिहानदेखि सुरु हुने भएको छ।

वीरगंजको ३२ वटा वडामा १४३ वटा मतदान केन्द्र राखिएको थियो। तर, मतगणनाको लागि प्राविधिक व्यवस्थापन मिलाउन समय लाग्ने भएकोले अबेर रातिबाट मतगणना गर्ने सम्भावना न्यून रहेको वीरगंज महानगरको मुख्य मतदान अधिकृतको कार्यालयका प्रमुख मतदान अधिकृत धर्मराज पौडेले बताए।

‘हामीले मतगणनाको लागि वीरगंजको १४ नम्बर वडा स्थित नृसिंह माविमा सबै तयारी गरिसकेको छौँ’, उनले भने, ‘तर, वीरगंजको केही स्थानमा अहिले पनि मतदान जारी छ, राति ८ बजे सम्म सबै मतपेटिका ल्याउने काम हुन्छ, अन्य तयारी गर्न र कर्मचारीलाई खाना तथा अरामको समय पनि दिनु पर्छ, त्यसकारण मतगणनामा ढिलाई हुन सक्छ।’

उनले वीरगंजमा कुल १ लाख २४ हजार ६ सय मतदाता रहेकोमा ८९ हजार ७ सय १२ मत खसेको प्रारम्भिक अनुमान गरिएको बताए। हाल मतदान सम्पन्न भइसकेको केन्द्रबाट मतपेटिका शिल गर्ने, ढुवानी गर्ने, भण्डारण गर्ने काम भइरहेको उनले बताए।

मतपेटिका भण्डारणको लागि ४ वटा कोठा र मतगणनाको लागि ४ वटा कोठाको व्यवस्थापन गरिएको उनले बताए। उनले मतपेटिका भण्डारण र गणना हुने स्थानमा प्रत्येक कोठामा सीसीटीभी राखिएको र मतगणना गर्ने कक्षमा ७ फिट अग्लो तारजाली लगाइएको बताए।

पहिले दुई कोठाबाट मतगणना सुरु गर्ने तयारी रहेको र ६ घण्टाको एक समूहमा ७ जना कर्मचारी गरी कुल ४ वटा मतगण्ना गर्ने समूह परिचालन गरिने तयारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell