PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सोचेअनुसार मतदान हुन सकेनः आयोग, 'सुरक्षा व्यवस्था र राजनीतिक दलसँग सशंकित'



पहिलोपोस्ट

सोचेअनुसार मतदान हुन सकेनः आयोग, 'सुरक्षा व्यवस्था र राजनीतिक दलसँग सशंकित'

काठमाडौँः निर्वाचन आयोगले सोचेअनुसार मतदान हुन नसकेको बताएको छ। मतदानका लागि निर्धारित समय सकिएपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले सोचेअनुसार मत नखसेको जानकरी दिए।

उनले आयोगले ७५ प्रतिशतसम्म मत खस्ने आकलन गरेको भए पनि बढी मत खस्ने आकलन गरेकै क्षेत्रमा आशा गरेअनुसार मत नखसेको बताए।

उनले भने, 'सोचेअनुसार मतदान भएन कि भन्ने हामीलाई लागेको छ,' उनले भने।

कतिपय स्थानीय तहमा दिउँसो रोकिएको मतदान पुनः सुरु भएकाले मतदान भइरहेको र उक्त मतदान सकिनासाथ गणना कार्य सुरु हुने आयोगले जनाएको छ।

'स्थानीय तहमा मतदान सम्पन्न भएपछि मतगणना हुन्छ। केही स्थानीय तहमा रातिदेखिनै गणना हुन्छ,' थपलियाको भनाइ छ।

यस्तै आयोगले सरकारले सोचेअनुसार शान्ति सुरक्षाको व्यवस्था गर्न नसकेकाले सबै ठाउँमा शान्तिपूर्ण वातावरणमा निर्वाचन हुन नसकेको बताएको छ। राजनीतिक दलले पनि सुझबुझपूर्ण तरिकाले काम नगर्दा निर्वाचन गराउन सकस भएको आयोगले बताएको छ।

'एकै चरणमा चुनाव गर्नु परेकाले सुरक्षा व्यवस्था राम्ररी हुन नसकेको हो कि। राजनीतिक दलले सुझबुझरुपमा प्रस्तुत नभएको देखियो। राजनीतिक दल र सुरक्षासँग आयोग चिन्तत भएको र सशंकित भएको छ,' उनले भने।

बढी मत खसेको जिल्लामा ७४ र कममा ५० प्रतिशत रहेको आयोगको प्रारम्भिक जानकारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell