PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

काठमाडौँ महानगरपालिकामा आधामात्रै मत खस्यो, सोचेअनुसार किन खसेन भोट?



पहिलोपोस्ट

काठमाडौँ महानगरपालिकामा आधामात्रै मत खस्यो, सोचेअनुसार किन खसेन भोट?

काठमाडौँ: निर्वाचन आयोगले काठमाडौँ महानगरमा आधामात्रै मत खसेको बताएको छ।

शुक्रबार साँझसम्म आयोगलाई प्राप्त विवरणका आधारमा ५२ प्रतिशत मात्रै मत खसेको हो। शान्तिपूर्ण रुपमा निर्वाचन, मतदातको शुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ।

आयोगले सबै व्यवस्थापकीय हिसाबले काठमाडौं महानगरमै कम मत खसेकोमा चिन्तित भएको प्रमुख आयुक्त दिनेश कुमार थपलियाले जानकरी दिए।

उनले धेरै मतादाता भएकै ठाउँमा पनि कम मत खसेको जानकरी दिए। देशभर ६४ प्रतिशत मात्रै मत खसेको उनले बताएका छन्। राजनीतिक दलको द्वन्द्ध र सुरक्षा व्यवस्थाको कमजोरीका कारण केही ठाउँमा झडप भएर स्थिति तनावपूर्ण बनेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell