PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

गुल्मीमा झण्डै ६४ प्रतिशत मत खस्यो, रातिदेखि मतगणना सुरू हुने



पहिलोपोस्ट

गुल्मीमा झण्डै ६४ प्रतिशत मत खस्यो, रातिदेखि मतगणना सुरू हुने

गुल्मीः स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानमा गुल्मीमा ६३ दशमलव ६६ प्रतिशत मत खसेको छ। गुल्मीका १२ पालिकामा सम्पन्न मतदानमा ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जानकारी दिएको छ।

बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको थियो। मतदान अवधिभर जिल्लामा कतै पनि अप्रिय घटना भएनन्।

१२ पालिकाका ९३ वडामा रहेका धेरैजसो मतदान केन्द्रबाट मतपेटिका केन्द्रमा संकलन भइरहेका छन्। ९३ वडामा १४२ मतदानस्थल र २७९ वटा केन्द्र थिए।

गुल्मीमा शुक्रबार रातिदेखिनै मतगणना सुरु गरिने भएको छ। जिल्लाका सबै पालिकाका केन्द्रमा मतपेटिका पुगेपछि सर्वदलीय बैठक बसेर राति १० बजेपछि मतगणना सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell