PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

सत्ता गठबन्धनले हाम्राविरुद्ध नक्कली मतपत्र छाप्यो, गृह प्रशासन असन्तुलित देखियो : ओली



पहिलोपोस्ट

सत्ता गठबन्धनले हाम्राविरुद्ध नक्कली मतपत्र छाप्यो, गृह प्रशासन असन्तुलित देखियो : ओली

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले चुनावमा षडयन्त्र गरेको आरोप लगाएका छन्। शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै ओलीले आफूले धाँधलीरहित निर्वाचन चाहेको भए पनि सत्ता गठबन्धनले नक्कली मतदाता परिचयपत्र नै छापेको आरोप लगाए।

‘हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौं । भयरहित वातावरणमा स्वच्छ निर्वाचनको लागि हाम्रो पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक अधिकतम सकारात्मक भूमिका निर्वाह भयो । तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरूद्ध अग्रीम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनूचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत गर्‍यो,’ विज्ञप्तिमा भनिएको छ।

लोकतन्त्र र अग्रगमनको पाँच दलीय सत्ता गठबन्धनबाट अधिनायकवादी काम भएको ओलीको आरोप छ। गृह प्रशासन अस्वाभाविक रूपमा असन्तुलित देखिएको पनि उनको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell