PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१४ जिल्लामा १७ स्थानीय तहका ४४ मतदान केन्द्रको मतदान स्थगित,फेरि कहिले हुन्छ चुनाव?



पहिलोपोस्ट

१४ जिल्लामा १७ स्थानीय तहका ४४ मतदान केन्द्रको मतदान स्थगित,फेरि कहिले हुन्छ चुनाव?

काठमाडौँ: निर्वाचन आयोगले १४ जिल्लाका १७ स्थानीय तहका २८ वटा मतदान स्थलका ४४ मतदान केन्द्रको मतदान स्थगित भएको जानकारी दिएको छ।

राजनीतिक दलहरुबीचमा देखिएको बेमेल र कमजोर सुरक्षा व्यवस्थाका कारण सबै ठाउँमा मतदान हुन नसकेको आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए। थपलियाले राजनीतिक दलहरुबीचमा बेमेल हुँदा प्रहरीले बल प्रयोग गर्नुपरेको बताए।

स्थगन भएका ठाउँमा कहिले हुन्छ मतदान?

निर्वाचन आयोगले स्थगन भएका ठाउँमा निर्वाचन अधिकृत र आयोगको परामर्शमा चाँडै निर्वाचन हुने बताएको छ। ‘स्थगन गरिएका मतदान केन्द्रमा सम्बन्धित अधिकृत र आयोगसँग समन्वय गरेर पुनः मतदान गर्ने,’ थपलियाले भने।

सप्तरीमा स्थगित निर्वाचन भने आइतबारका लागि तय भएको छ।

केही हिमाली जिल्लामा र आवागमन अप्ठेरो भएको जिल्लामा भोलि मतपेटिका ओसार्ने काम हुने आयोगले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell