PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हेटौंडा उपमहानगरपालिकामा शनिबार बिहान ७ बजेबाट मतगणना हुने



पहिलोपोस्ट

हेटौंडा उपमहानगरपालिकामा शनिबार बिहान ७ बजेबाट मतगणना हुने

हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनका लागि भएको मतदानको मतगणना शनिवार बिहान ७ बजेबाट हुने भएको छ। शुक्रबार राति बसेको सर्वदलीय बैठकले पानी परेका कारण मतदान कार्यक्रम ढिलोसम्म संचालन गर्नुपरेको र मतपेटिका पनि ढिलो आइपुगेकोले भोलि बिहान ७ बजेबाट मात्रै मतगणना गर्ने निर्णय गरेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए।

हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाको मतगणनाका लागि ४ वटा कोठा तयार पारिएको उनले जानकारी दिए। १, २, १८, १९ नम्बर वडाको एकसाथ सुरु गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए।

अन्य पालिकाहरुको मतगणना बारे भने सर्वदलीय बैठक बसिरहेको र बैठकको निर्णय अनुसार मतगणना गर्ने वा नगर्ने विषयमा तय हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell