PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सानदार ब्याटिङ गरेको पञ्जाबले बेङ्गलोरलाई हरायो



पहिलोपोस्ट

सानदार ब्याटिङ गरेको पञ्जाबले बेङ्गलोरलाई हरायो
तस्बीर : आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सले बेङ्गलोरलाई हराएको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले बेङ्ग्लोरमाथि ५४ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रन बनाएको थियो। पञ्जाबका लागि लिआम लिभिङ्स्टोनले सर्वाधिक ७० रन बनाउँदा जोन्नी बेयरस्टोले ६६, शिखर धवनले २१ तथा कप्तान मयंक अग्रवालले १९ रन बनाए। बलिङतर्फ बेङ्ग्लोरका हर्षल पटेलले सर्वाधिक ४ विकेट लिँदा वानिन्दु हसरंगा डी सिल्भाले २ तथा ग्लेन म्याक्सवेल र शहबाज अहमेदले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोर निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमा समेटियो। बेङ्ग्लोका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ३५ रन बनाउँदा रजत पटिडरले २६, विराट कोहलीले २० तथा हर्षल पटेल र दिनेश कार्तिकले समान ११ रन बनाए।

बेङ्ग्लोरलाई लक्ष्यसम्म पुग्न नदिन पञ्जाबका कागिसो रबाडाले सर्वाधिक ३ विकेट लिँदा ऋषि धवन र राहुल चहरले समान २ विकेट लिए। त्यस्तै हरप्रीत ब्रार र अश्रदीप सिंहले समान १ विकेट लिए।

जितसँगै १२ खेलबाट १२ अंक जोड्दै छैटौं स्थानमा पञ्जाबले प्लेअफ पुग्ने सम्भावनालाई कायम राखेको छ। १३ खेलबाट १४ अंक जोडेको बेङ्ग्लोर तालिकाको चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell