
काठमाडौं: अछामको कमलबजार नगरपालिकामा ४ सय मत गन्दा मेयरमा नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता बनाएका छन्। कांग्रेसका उम्मेद्वार यज्ञ ढकालले २०७ मत ल्याउँदा नेकपा एमालेका उम्मेद्वार कटक साउद १७६ मत ल्याएर पछिपछि छन्।
त्यस्तै उपमेयरमा एमालेका शारदा बिस्टले २ सय मत ल्याउँदा उनको निकट कांग्रेसकी प्रतिस्पर्धी गौरी भण्डारीले १८३ मत ल्याएकी छिन्।