PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

दिल्लीको मुन्डकामा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु



पहिलोपोस्ट

दिल्लीको मुन्डकामा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु
Photo: ANI

दिल्लीको मुन्डका क्षेत्रमा रहेको एउटा बिल्डिङमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। दिल्लीको आउटा डिस्ट्रिकका प्रहरीका डीसीपी समीर शर्मालाई उदृत गर्दै कम्तीमा २७ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।

शर्माका अनुसार बिल्डिङमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ भने घाइतेलाई संजय गान्धी र दीन दयाल अस्पताल लगिएको छ। सुरुमा १४ जनाको मृत्यु भएको खबर आएको थियो तर यसको संख्या बढेर गएको हो।

यो ठूलो क्षेत्र भएकाले उद्धारका लागि अझ समय लाग्ने बताइएको अखबर भास्करले दिल्ली दमकल सेवाका उप मुख्य अधिकारी सुनिल चौधरीलाई उदृत गर्दै जनाएको छ।

आगो लाग्नुको कारण खुलेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell