
काठमाडौं: काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना सुरु गरिएको हो। सुरुमा वडा १ र ३२ को गणना सुरु गरिएको छ।
शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो। यद्यपि आज मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरेर ढिला गरि मतगणना सुरु गरेको हो।
काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए।