PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

हरिनास १ मा गठबन्धनको प्यानल नै विजयी



पहिलोपोस्ट

हरिनास १ मा गठबन्धनको प्यानल नै विजयी

काठमाडौं : स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली कांग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी भएका छन्। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बिच गठबन्धन रहेको उक्त वडामा विजयी भएको गुरुङले ८०४ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का मिलनराज श्रेष्ठले ५४२ मत प्राप्त गरे।

त्यस्तै सदस्यमा गठबन्धनका तर्फबाट लक्ष्मी विक ८२३, देवीमाया दर्जी ८०९, तेजबहादुर थापा ७६५, प्रेमबहादुर मानन्धर ८०४ मतसहित विजयी भएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए।

गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनकै सुरुआती अग्रता रहेको जनाइएको छ। गठबन्धनकातर्फबाट कांग्रेसले अध्यक्षमा ८३१ मत ल्याउँदा एमालेले ५१८ मत प्राप्त गरेको छ। स्याङ्जामा ५ नगरपालिका र ६ गाउँपालिकामा ९७ वडा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell