काठमाडौं : मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार कान्छा घले निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार उनले ८ सय ६१ मत पाएका छन्।
उनका निकटतम प्रतिद्वन्दी छिरिङ ओङमा गुरुङले ७ सय १३ मत ल्याएका हुन्। जम्मा १ हजार ५ सय ७४ मत खसेको थियो। उक्त स्थानीय तहमा ३ हजार ५ सय ३५ मतदाता रहेका थिए। त्यहाँ एमाले र कांग्रेसका उम्मेदवार बिच मात्रै अध्यक्षमा प्रतिस्पर्धा भएको थियो।
यस्तै उपाध्यक्षमा छिरिङ गुरुङ निर्वाचित भएका छन्। उनी स्वतन्त्रतर्फबाट उम्मेद्वार बनेका थिए। छिरिङले ७ सय ४४ मत ल्याए भने कांग्रेसका रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याए। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार ज्यामयाङ टासी गुरुङले १ मत मात्रै ल्याए।