PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पोखरामा सर्वदलीय बैठक सकियो, मतगणना दिउँसो २ बजेदेखि



पहिलोपोस्ट

पोखरामा सर्वदलीय बैठक सकियो, मतगणना दिउँसो २ बजेदेखि

पोखरा : मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठक सकिएको छ। आज बसेको सर्वदलीय बैठकपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पोखरा महानगरपालिकाको मतगणना दिउँसो २ बजेबाट सुरु गर्ने जानकारी दिएको छ। 

मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिका र जिल्ला समन्वय समितिको हलमा हुनेछ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार पोखरा महानगरमा ६९.९० प्रतिशत मत खसेको छ। कास्कीमा जम्मा मतदाता २ लाख ८१ हजार ८८३ रहँदा जिल्लामा १ लाख ९६ हजार ९८८ (६९.९०%) मत खसेको छ। जसमा पुरुषको मत ९२ हजार ६ सय ३८ खसेको छ भने महिलाको मत १ लाख ४३२० खसेको छ ।

यस्तै पोखरा महानगरमा जम्मा मतदाता २ लाख ७ हजार ७ सय १२ रहँदा १ लाख ४३ हजार २२६ (६८.९५%) मत खसेको छ। जसमा पुरुषको मत ६६ हजार ५ सय ६६ छ भने महिलाको ७६ हजार ६ सय २० खसेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell