PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काठमाडौं महानगरमा मतगणना सुस्त गतिमा, ३ घण्टामा १०० मत गणना



पहिलोपोस्ट

काठमाडौं महानगरमा मतगणना सुस्त गतिमा, ३ घण्टामा १०० मत गणना

काठमाडौं : काठमाडौं महानगरपालिकाको जनप्रतिनिधिका लागि भएको मतदानको मतगणना अहिले राष्ट्रिय सभागृहमा भइरहेको छ।

बिहान ९ बजेर ४५ मिनेटपछि मतगणना सुरु भएको थियो तर धेरै संख्यामा महानगर प्रमुखको उम्मेदवारी हुँदा मतगणनामा ढिलाइ भइरहेको छ।

काठमाडौं महानगर प्रमुखका लागि ५५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। महानगरपालिकाको वडा नं १ र ३२ बाट मतगणना भइरहेको छ।

मतगणना अहिले जारी छ। तर सुस्त गतिमा मतगणना भइरहँदा मतपरिणाम आउन निकै ढिला हुने अनुमान गरिएको छ। दल र स्वतन्त्रको प्रतिनिधिहरु धेरै भएको र सबैलाई मतपत्र देखाउनुपरेकोले मतगणना ढिला भइरहेको बताइएको छ। जसकारण एउटा मतपत्र गणना गर्दा निकै समय लाग्ने गरेको बताइएको छ। 

केही दल र स्वतन्त्रका प्रतिनिधिहरु मतगणना स्थलमा नहुँदा पनि सकस भएको जनाइएको छ। 

महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार ३ घण्टामा १०० मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता देखिएको छ।

मतगणनाको प्रारम्भिक परिणामअनुसार साहले २२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सिर्जना सिंहले १८ र नेकपा एमालेका केशव स्थापितले १३ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell