PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जनकपुर उपमहानगरमा कांग्रेसका बागी मनोजको फराकिलो अग्रता, मनोजले २५९ पाउँदा गठबन्धनका लालकिशोरको ३६ मात्रै मत



सुमित मिश्र

जनकपुर उपमहानगरमा कांग्रेसका बागी मनोजको फराकिलो अग्रता, मनोजले २५९ पाउँदा गठबन्धनका लालकिशोरको ३६ मात्रै मत
स्वतन्त्र उम्मेदवार मनोज साह

जनकुपरधाम : धनुषाको जनकपुर उपमहानगरमा कांग्रेसबाट बागी बनेका मनोज साहले अग्रता कायम गरेका छन्। वडा १ को ७८० मत गन्दा घण्टाघर चिन्ह पाएका स्वतन्त्र उम्मेदवार मनोजले २५९ मत पाएका छन्। यता गठबन्धनबाट साझा उम्मेदवार रहेका लालकिशोर साहले ३६ मत मात्र पाएका छन्। उनी जनता समाजवादी पार्टीका तर्फबाट मेयरका उम्मेदवार हुन्।

नेकपा (एमाले) बाट शिवशंकर साह (हीरा)ले १०५ मत पाएका छन्। यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीबाट मनोज चौधरी ४७ मत पाएका छन्। स्वतन्त्रबाट आँप चिन्ह पाएका बलराम महतोले ६१ मत पाउँदा लालटिन चिन्हका जानकीराम साहले ३२ मत पाएका छन्। उपमेयरमा  कांग्रेसकी किशोरी साहको अग्रता रहेको छ। किशोरीले ३०० मत पाउँदा एमालेको रुना झाले १३५ मत पाएकी छिन्। किशोरी गठबन्धनबाट उपमेयरको साझा उम्मेदवार हुन्।

बागी उम्मेदवारलाई फापेको जनकपुरधामको त्यो इतिहास



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell