PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

बुटवलमा ११ सय मत गन्दा कांग्रेसको अग्रता, राप्रपा दोस्रो



पहिलोपोस्ट

बुटवलमा ११ सय मत गन्दा कांग्रेसको अग्रता, राप्रपा दोस्रो

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरमा ११ सय मत गणना गर्दा कांग्रेसको अग्रता कायमै रहेको छ। शुरुवातदेखि नै अग्रता कायम गरेका कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले मतान्तर बढाउँदै लगेका छन्।

पाण्डेले अहिलेसम्म ४९६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मृगेन्द्र कुमार शेरचनले २६१ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्।

त्यस्तै, नेकपा (एमाले)का बाबुराम भटटराईले १९५ मत मात्र प्राप्त गरेका छन्। अहिले वडा नम्बर १ को मतगणना जारी छ। १९ वटा वडा रहेको बुटवलमा वडा नम्बर १ गणना सकिएपछि वडा नम्बर १९ को मतगणना हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell