PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

ललितपुर महानगरमा सुरु भयो मतगणना



पहिलोपोस्ट

ललितपुर महानगरमा सुरु भयो मतगणना

ललितपुर : ललितपुर महानगरपालिकाको जनप्रतिनिधिका लागि भएको मतदानको मतगणना सुरु भएको छ। महानगरपालिकाको मतगणना स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा वडा नम्बर १ बाट सुरु भएको हो।

जम्मा २९ वटा वडा रहेको ललितपुर महानगरपालिकाको नयाँ नेतृत्वको लागि भएको स्थानीय तह सदस्य निर्वाचनमा आज सबै वडाहरुको मतपेटिका जम्मा गरेर मतगणना सुरु गरिएको हो।

ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट चिरिबाबु महर्जन र नेकपा एमालेको तर्फबाट नेता हरिकृष्ण ब्यञ्जनकारले उम्मेदवारी दिएका छन्। महानगरपालिका प्रमुखमा १३ जनाको उम्मेदवारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell