PahiloPost

Aug 7, 2025 | २३ साउन २०८२

मनाङको नासोँ गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर विजयी  



पहिलोपोस्ट

मनाङको नासोँ गाउँपालिका अध्यक्षमा कांग्रेसका धनबहादुर विजयी  

पोखरा : मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार उनले ८ सय २० मत पाएका छन्।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मनबहादुर गुरुङले ६ सय ४६ मत ल्याएका हुन्। यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका बेद बहादुर गुरुङ निर्वाचित भएका छन्। उनले ९ सय १३ मत ल्याउँदै विजयी भएका हुन्। उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४ सय ९६ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell