PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीको अग्रता, ईशनाथमा लोसपा अघि



पहिलोपोस्ट

रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीको अग्रता, ईशनाथमा लोसपा अघि

वीरगंज : रौतहटको गौर नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता लिएको छ। गौर नगरपालिका वडा नम्बर १ को ५३९ मतगणना हुँदा एकीकृत समाजवादीका शम्भु साहले ३५४ ल्याएको छ।

दोस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अजयकुमार गुप्‍ताले ८५ र तेस्रोमा रहेका नेपाली कांग्रेसका मोहनकुमार यादवले ५९ मत ल्याएका छन्।

त्यस्तै, रौतहटकै ईशनाथ नगरपालिका वडा नम्बर १ को ७६० मत गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टीकी कौशल्‍या देवीले अग्रता लिएकी छिन्। उनको ३१३ मत आएको छ।

दोस्रो स्थानमा रहेकी कांग्रेसकी अंजु झाले २२१ र तेस्रोमा रहेका नेकपा एमालेका स‌तोषकुमार मेहताले १६५ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell