PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

धुर्कोट गाउँपालिकामा किन हुन सकिरहेको छैन मतगणना ?



पहिलोपोस्ट

धुर्कोट गाउँपालिकामा किन हुन सकिरहेको छैन मतगणना ?
तस्विर : धुर्कोट गाउँपालिका

काठमाडौं : गुल्मीको धुर्कोट गाउँपालिका-४ जैसीथोकमा नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार गोपाल थापामाथि हातपात भएपछि मतगणना अनिश्चित भएको छ। जिल्लाका अन्य पालिकामा मतगणना चलिरहँदा धुर्कोटमा भने सर्वदलीय बैठक पनि बस्न नसकेको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन्।

शुक्रबार साँझ करिब ९ बजे पालिका केन्द्र बर्बोटमा माओवादी-एमाले र कांग्रेसका कार्यकर्ताबिच झडप हुँदा वडाअध्यक्षका उम्मेदवार थापा घाइते भएका थिए। झडपमा थापासँगै जैसीथोकका निरञ्जन कुँवर र सञ्जय नेपाली पनि घाइते भएका छन्। घाइतेको गुल्मी जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि बुटबल पठाइएको  छ।

झडपमा सहभागी धुर्कोट रजस्थलका पाँच र गुल्मी दरबार गाउँपालिकाका एक गरी ६ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए।

मुचुल्कामा हस्ताक्षर गरेका दलहरुबिचमा सर्वदलीय बैठक राख्नुपर्ने भए पनि कांग्रेसबाट प्रतिनिधि नआउँदा बैठक बस्न नसकेको पौडेलले जानकारी दिइन्। अहिले सर्वदलीय बैठक बस्ने प्रयास भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell