PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

मतदान स्थगन भएको केन्द्रको संख्या ७९ पुग्यो



पहिलोपोस्ट

मतदान स्थगन भएको केन्द्रको संख्या ७९ पुग्यो

काठमाडौं : वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन स्थगन हुने मतदान केन्द्रको संख्या ७९ पुगेको छ।

निर्वाचन आयोगले गएराति १० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा निर्वाचन स्थगन भएको विवरण सार्वजनिक गरेको थियो। हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका आधारमा निर्वाचन स्थगित भएका मतदानस्थलको संख्या थप भएको हो।

हालसम्म विभिन्न स्थानमा गरी ७९ मतदान केन्द्रमा स्थगन भएको आयोगले जनाएको हो। आयोगका अनुसार विवाद र झड्पका कारण स्थगन भएकामा कतिपय मतदान केन्द्रमा जति मत खसिसकेको छ, त्यसैलाई आधार मानेर गणना गर्ने कि भन्ने विषयमा छलफल भइरहेकाले स्थगनको कूल सङ्ख्यामा केही थपघट हुन पनि सक्नेछ। मतदान भएका अधिकांश पालिकामा मतगणना सुरु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell