PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

डोल्पाको जगदुल्लामा माओवादी केन्द्रको जित



पहिलोपोस्ट

डोल्पाको जगदुल्लामा माओवादी केन्द्रको जित

काठमाडौं : डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रका नारा सिं रोकाया ७७० मतसहित निर्वाचित भएका हुन्। यहाँ नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत प्राप्त गरेका छन्। यहाँ एमालेसहित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)समेत गठबन्धन गरेर माओवादी केन्द्र विरुद्ध चुनावी प्रतिस्पर्धामा थिए। 

जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रकै अमृता बोहोरा उपाध्यक्षमा निर्वाचित भएकी छन्। उनले ७५९ मत प्राप्त गरेकी हुन्। उपाध्यक्षकी एमाले उम्मेदवार चन्द्रवती थापाले ७४९ मत प्राप्त गरेकी छन्। नारा सिं यसअघि पनि गाउँपालिकाका अध्यक्ष थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell