PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

हेटौंडा उपमहानगरमा १२५० मत गणना गर्दा एकीकृत समाजवादी अगाडि  



पहिलोपोस्ट

हेटौंडा उपमहानगरमा १२५० मत गणना गर्दा एकीकृत समाजवादी अगाडि  

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदका लागि भएको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार मीना कुमारी लामाले अग्रता कायम गरेकी छिन्। कुल १ हजार २५० मत गणना गर्दा उनले ३८८ मत प्राप्त गरेका हुन्।

यस्तै, नेकपा एमालेबाट प्रमुख पदका उम्मेदवार अन्नत प्रसाद पौडेलले ३७० मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपक बहादुर सिंहले ३४२ मत प्राप्त गरेका छन्।

यस्तै उपमहानगर उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाले ५७५ मत, एमालेबाट सुमित्रा काफ्लेले ४९५ मत र राप्रपाबाट इन्दिरा न्यौपानेले ८८ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell