PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

कुन चिह्नमा लाग्यो स्वस्तिक छाप? राष्ट्रिय सभागृहमा यसरी चलिरहेको छ मतगणना

कुन चिह्नमा लाग्यो स्वस्तिक छाप? राष्ट्रिय सभागृहमा यसरी चलिरहेको छ मतगणना

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा भएको मतदानको मतगणना जारी छ।

राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता कायम गरिरहेका छन्। मतगणनास्थलमा बालेन आफै उपस्थित छन्।

गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ (सिंह) र नेकपा एमालेबाट केशव स्थापित प्रतिस्पर्धामा छन्। बालेनपछि सिर्जनाले अग्रता कायम गरेकी छिन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकाट मदनदास श्रेष्ठ, विवेकशील साझाबाट समीक्षा बास्कोटा, स्वतन्त्र उम्मेदवार सुमन सायमि लगायत ५५ जना प्रतिस्पर्धामा छन्।

मतगणना अहिले जारी छ। तर सुस्त गतिमा मतगणना भइरहँदा मतपरिणाम आउन निकै ढिला हुने अनुमान गरिएको छ। दल र स्वतन्त्रको प्रतिनिधिहरु धेरै भएको र सबैलाई मतपत्र देखाउनुपरेकोले मतगणना ढिला भइरहेको बताइएको छ। जसकारण एउटा मतपत्र गणना गर्दा निकै समय लाग्ने गरेको बताइएको छ।

केही दल र स्वतन्त्रका प्रतिनिधिहरु मतगणना स्थलमा नहुँदा पनि सकस भएको जनाइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell