PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

सभागृह भित्र बालेन्द्र मतगणना हेर्दै, बाहिर समर्थक नाराबाजी गर्दै

सभागृह भित्र बालेन्द्र मतगणना हेर्दै, बाहिर समर्थक नाराबाजी गर्दै

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय सभागृह बाहिर अहिले काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) का समर्थकहरु भेला भएका छन्। उनीहरुले बाहिर ‘सागर बसन्ते कृष्णे, बालेन्द्र नै हो जित्ने’ भन्दै नाराबाजी गरिरहेका छन्।

राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा बालेनले अग्रता कायम गरिरहेका छन्। मतगणनास्थलमा बालेन आफै उपस्थित छन्।

गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ (सिंह) र नेकपा एमालेबाट केशव स्थापित प्रतिस्पर्धामा छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकाट मदनदास श्रेष्ठ, विवेकशील साझाबाट समीक्षा बास्कोटा, स्वतन्त्र उम्मेदवार सुमन सायमि लगायत ५५ जना प्रतिस्पर्धामा छन्।

मतगणना अहिले जारी छ।



ट्रेन्डिङ पोस्ट

Ncell