
काठमाडौं : धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले ५५ मत प्राप्त गरी सुरुआती अग्रता लिएका छन्।सत्ता साझेदार नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र एमालेका रणबहादुर चन्दले दुई मत ल्याएका छन्।
मध्याह्नदेखि सुरु भएको मतगणनामा वडा नं १ को १०० मत गणना हुँदा २१ मत बदर भएको छ। उपमहानगरपालिका कार्यालय परिसरको नवनिर्मित भवनमा मतगणना कार्य भइरहेको छ।