PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

वीरगंजको मतगणनास्थलमा सांसद प्रदीप यादव पस्दा एमाले उत्रियो नाराबाजीमा



राधेश्याम पटेल

वीरगंजको मतगणनास्थलमा सांसद प्रदीप यादव पस्दा एमाले उत्रियो नाराबाजीमा

वीरगंज : पर्साको वीरगंज महानगरमा मतगणनास्थल बाहिर नाराबाजी भएको छ। जनता समाजवादी पार्टीका सांसद प्रदीप यादव मतगणनास्थलमा प्रवेश गरेपछि मेयरका उम्मेदवार विजय सरावागी पक्षधरले विरोध जनाउँदै नाराबाजी गरेका हुन्। उनीहरुले सांसद यादवलाई मतगणनास्थलबाट बाहिर निकाल्न माग गरेका छन्।

गठबन्धनले भने पार्टीले पठाएकोले प्रतिनिधि भएकोले निकाल्न नहुने भनेर अडान जारी राखेका छन्। स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगर वीरगंजको वडा १४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालय गणना जारी छ। 

वीरगंजको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका राजेशमान सिंह, नेकपा एमालेका विजय सरावगी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गिरिश गिरि प्रतिस्पर्धामा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell