PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

देउवाकै वडामा कांग्रेस पराजित, कर्ण मल्लका उम्मेदवार निर्वाचित



पहिलोपोस्ट

देउवाकै वडामा कांग्रेस पराजित, कर्ण मल्लका उम्मेदवार निर्वाचित

काठमाडौं : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा नेपाली कांग्रेस (बीपी)का उम्मेदवार विजयी भएका छन्। डडेल्धराको गन्यापधुरा गाउँपालिकाको वडा १ मा नेपाली कांग्रेस (बीपी)का उम्मेदवार नरेशराज भण्डारी निर्वाचित भएका हुन्।

३६ वर्षका भण्डारीले जित निकालेका हुन्। भण्डारीले ६ सय ७३ मत ल्याएर विजयी भएका हुन्। कांग्रेसका चन्द्रबहादुर देउवाले ५ सय ४४ मत ल्याए। पराजित भएका देउवा शिक्षकबाट राजीनामा दिँदै वडाध्यक्षमा भिडेका हुन्।

डडेल्धुरामा कांग्रेस सभापतिसमेत रहेका देउवा र कर्ण मल्ल पक्षधरको टकराव रहेको छ। मल्ल पक्षधर करुवा चिन्ह लिएर एमालेसँग तालमेल गरी चुनावी मैदानमा उत्रिएको हो। देउवाको वडामा प्यानलै बीपीका उम्मेदवार निर्वाचित भएको हो। यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा भने गरिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell