PahiloPost

May 21, 2022 | ७ जेठ २०७९

सुरु भयो पोखरा महानगरको मतगणना, चार पालिकामा अहिलेसम्म को अगाडि ?



पहिलोपोस्ट

सुरु भयो पोखरा महानगरको मतगणना, चार पालिकामा अहिलेसम्म को अगाडि ?

पोखरा : पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ। दिउँसो २ बजेदेखि सुरु हुने भनिएको महानगरको मतगणना भर्खर जिल्ला समन्वय समितिको हलमा सुरु भएको हो। 

निर्वाचन आयोगले दिएको जानकारी अनुसार हिजो भएको निर्वाचनमा पोखरा महानगरमा ६९.९० प्रतिशत मत खसेको छ। महानगरमा जम्मा मतदाता २ लाख ८१ हजार ८८३ हुँदा १ लाख ९६ हजार ९८८ मत खसेको थियो। जसमा पुरुषको मत ९२ हजार ६ सय ३८ खसेको थियो भने महिलाको मत १ लाख ४३२० खसेको थियो।

यस्तै कास्कीका अन्य पालिकामा अहिलेसम्मको मतगणना अनुसार रुपा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ। अध्यक्षमा कांग्रेस उम्मेदवार गीमाया गुरुङ ९५१ मत ल्याउँदै अग्रस्थानमा छिन्। एमालेबाट अध्यक्ष पदका उम्मेदवार नवराज ओझाले ७४१ मत ल्याएका छन्। यस्तै पालिका उपाध्यक्षमा पनि कांग्रेस उम्मेदवार नारायण श्रेष्ठ ९७७ मत ल्याउँदै अगाडि छन्। एमालेका लालसुब्बा गुरुङले ७२३ मत पाएका छन्।

माछापुच्छ्रे गाउँपालिकामा भने एमालेले अग्रता लिएको छ। एमालेबाट अध्यक्ष पदका उम्मेदवार विक्रम गुरुङले १ हजार ५३९ मत ल्याएका छन्। कांग्रेस उम्मेदवार मिनबहादुर गुरुङले भने १ हजार ४९३ ल्याएका छन्। यस्तै उपाध्यक्षमा भने कांग्रेसले अग्रता लिएको छ। कांग्रेस उम्मेदवार सीता अधिकारीले १ हजार ४९३ मत ल्याउँदा एमाले उम्मेदवार सीता तिवारीले १ हजार ४६० मत ल्याएकी छिन्।

यता मादी गाउँपालिका अध्यक्षमा कांग्रेसले अग्रता लिएको छ। अध्यक्ष पदमा उम्मेदवार रहेका देवीजंग गुरुङले ४७ मत ल्याउँदा एमालेका उम्मेदवार शिवबहादुर गुरुङले ४५ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा एमालेबाट उम्मेदवार रहेकी कल्पना गुरुङले ४५ मत ल्याउँदा माओवादी केन्द्रका लालबहादुर गुरुङले ३७ मत ल्याएका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा अहिलेसम्म नेपाल कम्यूनिष्ट एमालेका उम्मेदवार विष्णु केसी ४९ मत ल्याउँदै अध्यक्षमा अगाडि छन्। नेपाली कांग्रेसका युवराज कुवंरले ४७ मत ल्याएका छन्। यस्तै उपाध्क्षमा एमाले उम्मेदवार चन्द्रकला अधिकारीले ४९ मत ल्याउँदा कांग्रेस उम्मेदवार खिमकुमारी गुरुङले ४५ मत ल्याएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell